कातिक ५ गते मात्र विश्वासको मत लिने आचार्यको प्रस्ताव

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशै मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताब गरेका छन् ।

शुक्रबार बसेकाे एमाले संसदीय दलकाे बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने जानकारी दिएका हुन ।

विश्वासको मत लिनका लागि असाेज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउदै आएका छन् ।

प्रदेशसभाको अधिबेशन आज सुरु हुँदैछ । आजको बैठकमा नेताहरुले सम्बोधन गर्ने कार्यसुची छ । आइतबारको बैठकको कार्यसुचीबारे अहिले कार्यब्यवस्था समितिको बैठकमा छलफल भैरहेको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले समय अभाब रहेकोले दसैपछि नै विश्वासको मत लिने बताएका छन् । विपक्षी गठबन्धनले भने असंबैधानिक रुपमा सत्ता लम्ब्याउने प्रयत्न नगर्न चेतावनी दिएको छ ।

शुक्रबार, २२ असोज, २०७८, दिउँसोको ०१:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर