मेचीनगरमा एकीकृत समाजवादीको नगर कमिटी, पौडेल बने अध्यक्ष

झापा । नेकपा एकीकृत समाजवादीले झापामा कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको छ ।

यहीक्रममा आज सम्पन्न मेचीनगर भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् ।

एमाले नेता रविन कोइराला, गोपाल बुढाथोकी र पौडेल एमालेमा ओली विरोधी नेता भनेर चिनिन्थे । पछिल्लो समयमा कोइराला र बुढाथोकीले ओलीलाई नै साथ दिँदा नेता पौडेल भने माधव नेपाल पक्षमा उभिएका नेता हुन् ।

मेचीनगर उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

युवासंघ नेपाल मेचीनगर कमिटी पनि बनेको पार्टीका युवा नेता दुर्लभ परासरले जानकारी दिए । उनका अनुसार युवा संघ अध्यक्षमा पुस्कर बस्नेत, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् । युवा संघ पनि ५१ सदस्यीय छ । कार्यक्रममा पुराना वामपन्थी नेता ताराराज ओली, समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतको उपस्थिति थियो ।

बिहिबार, २१ असोज, २०७८, दिउँसोको ०३:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर