विराटनगर । सवारी ज्यान मुद्दामा मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको सवारी चालक र अंगरक्षक पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ अदालतको न्यायाधीश तेजबहादुर खड्काको इजालशले सवारी ज्यान मुद्दामा अभियुक्त सिराह लक्ष्मीपुर पतार गाउँपालिका २ घर भइ विराटनगरमा बस्दै आएका ३७ वर्षीय विन्दुकुमार सिंह र सुनसरीको भोक्राहा ७ का ३८ वर्षीय श्रवणकुमार यादव पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि पक्राउ परेका दुबै जना प्रतिवादी मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए । न्यायाधीश पराजुली चढने बा १४ च ६०१६ नम्बर कार मोरङ अदालतभित्र सिक्ने क्रममा सिंहले भदौ २२ गते साढे ४ बजे अदालतको क्यान्टिनभित्र छिराउँदा क्यान्टि सञ्चालक लक्ष्मी दाहालको मृत्यु भएको थियो । खाजा खाँदै गरकी दाहाललाई अंगरक्षक सिंहले चलाएको कारले क्यान्टिनभित्र छिरेर ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहाललाई कोशी अस्पताल पु¥याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए । दाहालको मृत्यु भएपछि दुबै जनालाई प्रहरीले पक्राउ गरि सवारी ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको थियो ।
सवारीचालक अनुमतिपत्र नभएका सिंहलाई न्यायाधीशका चालक यादवले कार सिक्न दिएकोले उनी पनि पक्राउ परेका हुन् । यादवले कुनै पनि सावधानी अपनाउने कार्य नगरि सहयोगी भूमिका खेलेको पाइएपछि उनलाई पनि प्रतिवादी बनाएको थियो ।

