विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मोरङको लेटाङ नगरपालिका संयोजकमा विनोद नेपाल चयन भएका छन् ।
लेटाङ त्रिवेणी सामुदायक सभाहलमा शनिबार सम्पन्न नगरस्तरिय अगुवा कार्यकर्ता भेलाले नेपालको संयोजकत्वमा ६५ सदस्यीय नगरसमिति निर्माण भएको हो । उक्त समितिले आउँदो मंसिर ४ गते हुने पालिका सम्मेलन गराउने छ ।
भेलाले सचिवमा भवानी लिम्बूलाई चयन गरेको छ । नगर भेलालाई माओवादी केन्द्रका प्रदेश सांसद कुशल लिम्बू, माओवादी मोरङको जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण लम्साल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मोरङको जिल्ला अध्यक्ष लता न्यौपाने, वाइसिएल मोरङका इन्चार्ज खगेन्द्र सुवेदी, प्रेस संगठन मोरङका संयोजक अर्जुन आचार्य, माओवादी मोरङका जिल्ला सदस्यहरु मौसम लिम्बू, हस्त राई, केबी चौलागाईंलगायतको उपस्थिति थियो ।
यसैबीच सोही भेलाले वाइसिएल लेटाङमा सागर राईको अध्यक्षतामा ४५ सदस्य समिति पनि घोषणा गरिएको छ ।