लोड हुँदैछ...

मेनु

जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन

जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन

कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण राईको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै खड्काले बताए ।

५७ वर्षका राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रालिमार्फत चिया खेती सुरु गरेका थिए । अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्याप्त गर्ने राईले उत्तरी मोरङमा पहिलोपटक चिया खेती सुरु गरेका थिए । भारत, चीन लगायत युरोप अमेरिकामा राईको चिया निर्यात हुने गथ्र्यो ।

उनले जिल्ला कृषि विकास कार्यालय मोरङबाट २०७१ सालमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाएका थिए । २०७२ मा विराटनगरमा भएको नवौँ प्रांगारिक कृषि मेलामा समेत प्रथम भएका थिए राई । यस्तै २०७३ सालमा विराटनगरमै भएको खाद्य मेलाको प्रथम विजेता समेत उनै थिए । समुन्द्र सतहबाट १७ सय मिटरको उचाहिमा उत्पादन हुने उनको चियाको आफ्नै ब्रान्ड छ । अर्गानिक तथा ग्रीन टिका पारखी तथा उत्पादकहरु उनको बगान क्षेत्रमा नियमित पुग्ने गर्थे । नेपालप्रेसबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।