इँटाभट्टाका मालिकलाई अदालतको गेटै अगाडि किन हानियो खुकुरी ?

विराटनगर । विराटनगरस्थित उच्च अदालत बाहिर खुकुरी प्रहार हुँदा घाइते हुने कमानसिंह लामा काभ्रेका इँटा व्यवसायी भएको खुलेको छ ।

विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन । कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेका थिए ।

लामा काभे्रका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ । घाइते लामाको उपचार विराटनगर अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं ।’ यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार, १० असोज, २०७८, दिउँसोको ०२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर