कानेपोखरीका सबै वडामा माओवादीको भेला सकियो

कानेपोखरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कानेपोखरी गाउँ समिति अन्तर्गतको ७ वटै वडा भेला सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

कानेपोखरी गाउँ समितिका संयोजक मनोज राजवंशीका अनुसार भेलाले ७ वटै वडामा नयाँ समिति गठन तथा पुनःर्गठन गरिएको छ ।

माओवादीले वडा नं. १ को अध्यक्ष इश्वर खतिवडा र सचिव मान बहादुर कार्की रहने गरी २९ सदस्यीय कमिटी निर्माण गरेको छ । यस्तै वडा नम्बर २ को अध्यक्षमा कमल कार्की र सचिवमा दिपक राजबंशी रहेको २९ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर ३ को अध्यक्षमा बोधनारायण राजवंशी र सचिव मनोज लिम्बू रहेको २९ सदस्यीय समिति निर्माण भएको छ ।

यस्तै वडा नम्बर ४ को अध्यक्षमा भगतराम धिमाल र सचिव भुपेन्द्र कुमार सुब्बा रहने गरी २९ सदस्यीय, वडा नं. ५ अध्यक्ष भक्तबहादुर गुरुङ र सचिव बालकृष्ण संग्रौला रहनेगरी २९ सदस्यीय, वडा नम्बर ६ को अध्यक्षमा गुणराज फुयाल र सचिव रोशन राई रहने गरी २९ सदस्यीय समिति गठन भएको हो । वडा नं. ७ मा भने अध्यक्ष केदार चाम्लिङ राई र सचिव मेहरमान परियार रहेको २९ सदस्यीय समिति निर्माण भएको छ ।

माओवादीले यही असोज २० गते एकैदिन ७ वटै वडाको वडा सम्मेलन गर्ने जनाएको छ । लगत्तै गाउँ भेला सम्पन्न गरेर गाउँ सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्ने राजवंशीले जानकारी दिए । उनले स्थानीय सरकारले गरेका बेथिति भ्रष्टाचार अनियमितता र मनपरितन्त्र साथै सरकारी विद्यालयमा जागिर खाने तर काम पार्टीको गर्नेको विरुद्ध खबरदारी गर्ने बताए ।

आइतबार, १० असोज, २०७८, दिउँसोको ०१:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर