लोड हुँदैछ...

मेनु

उच्च अदालत गेटमै खुकुरी प्रहार गर्ने पक्राउ

उच्च अदालत गेटमै खुकुरी प्रहार गर्ने पक्राउ

विराटनगर । प्रहरीले विराटनगरस्थित उच्च अदालतको गेटमै खुकुरी प्रहार गर्ने बिमल कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले साढे १२ बजेको समयमा अदालत परिसरमा रहेका कमलसिंह रानामाथि खुकुरी प्रहार गरेका थियो । उनको प्रहारबाट राना घाइते भएका छन् । उनलाई विराटनगर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।