कांग्रेसको इटहरी सभापतिमा पुनः पौडेल

विराटनगर । नेपाली काँग्रेसको इटहरी उपमहानगर सभापतिमा पुनः हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न भएको उपमहानगर निर्वाचनमा प्रतिष्पर्धी विकास केसीलाई ४२ मतान्तरले हराउँदै पौडेल विजयी भएका हुन् । पौडेलले २५३ मत पाएका थिए भने केसीले २११ मत मात्र पाए । इटहरी कांग्रेस निर्वाचनमा ४८२ मत खसेको थियो ।

इटहरी कांग्रेस सभापतिमा पौडेलको यो लगातार दोस्रो जित हो भने केसीको दोस्रो हार हो । यसअघि पनि १३ औ महाधिवेशनमा पौडेलसँग नै केसी पराजित भएका थिए ।

उपसभापति पदमा कोबिद कार्की र बालकृष्ण बिष्ट विजयी भएका छन् भने सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र पौडेल प्यानलका बिक्रम घिमिरे निर्वाचित भएका छन् । सह सचिबमा पौडेल प्यानलका इश्वर तामाङ र केसी प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् ।

आइतबार, १० असोज, २०७८, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर