कानेपोखरी ४ मा युवा र महिला संघको कमिटी गठन

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, कानेपोखरी वडा नं. ४ को वडा कमिटी शनिबार गठन भएको छ ।

राष्ट्रिय युवा संघ कानेपोखरीको आयोजनामा भएको भेलाले सुरज तामाङको अध्यक्षतामा ९१ सदस्यीय कमिटी गठन गरेको हो ।

नव गठित समितीको उपाध्यक्षमा तिर्थबहादुर घिमिरे, सचिवमा महेश कटुवाल, सहसचिवमा प्रताप राई र कोषाध्यक्षमा चागुँनारायण राई चयन भएका हुन ।

यसैगरी सोही दिन अखिल नेपाल महिला संघ कानेपोखरी वडा नं. ४ को नवकमिटी पनि गठन भएको छ । सीता भट्टराई अध्यक्षमा चयन हुँदा १४३ सदस्यीय समिती बनेको छ ।

उपाध्यक्षमा मनमाया मगर, सचीवमा शुसिला गिरि, सहसचिवमा कल्पना घिसिङ र कोषाध्यक्षमा मन्दिरा राई चयन भएकी छिन् ।

शनिबार, ०९ असोज, २०७८, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर