यौन काण्डपछि ‘सेल्फी रोड’ सुनसान

पथरी । भाइरल सेल्फी रोडमा सुरक्षा व्यवस्थाको अभाव भएपछि सुनसान बनेको छ । पछिल्लो समय चर्चामा रहेको मोरङ पथरीशनिश्चरे नगरपालिका–२ मा अवस्थित सेल्फी रोड दिनदैनिक सयौं मानिसको भीड लाग्ने गर्दथ्यो । तर, सुरक्षा व्यवस्था कमजोर भएपछि अहिले सुनसान बनेको छ ।

स्थानीय चौतारी सामुदायिक वन क्षेत्रमा पर्ने सो रोड करिब ढेड वर्षअघिदेखि सामाजिक संजाल टिकटक र सेल्फी पारखीका लागि गन्तव्यस्थल बन्दै आएको थियो ।

गत भदौ ३० गते करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैंसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएसँगै इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटोसहित सेल्फी रोडबाट उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिकस्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही अगाडि बढाएको जनाएको छ।

सामाजिक सञ्जालमा एकाएक भाइरल बनेपछि स्थानीय सरकारले सो क्षेत्रमा आउने पर्यटकको सहजता लागि बस्ने चौताराको व्यावस्थापन पनि गरेको थियो । तर, जंगल क्षेत्र भएका कारण उपयुक्त सुरक्षा व्यवस्था मिलाउन नसक्दा सो रोडमा विगत केही समयदेखि नसालु पदार्थ सेवन गरी झै झगडा हुने र अनैतिक क्रियाकलाप हुने गरेको छ । तर स्थानीय सरकारले भने सो क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैन ।

बिहिबार, ०७ असोज, २०७८, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर