पथरी । पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभाबाट सदस्यमा विजयी तुलसी लुनिया सम्मानित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले उनलाई सोमबार पथरीमा एक कार्यक्रम गरी दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । लुनिया गत २८ गते भएको पथरी उधोग वाणिज्य संघको चुनावमा सबैभन्दा कान्छो उम्मेदवारको रुपमा विजयी भएका थिए ।
वाणिज्यमा प्रविधि भित्र्याउने उद्देश्यका साथ चुनावी मैदानमा होमिएका लुनिया माओवादीका सदस्यसमेत हुन् । आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै लुनियाले आगामी दिनमा वाणिज्यमा आबद्ध सबै व्यापारी साथै व्यापारिक गतिविधिलाई डिजीटलाईज्ड गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पार्टीका पथरीशनिश्चरे नगर इन्चार्ज डिएन तिम्सिनालगायतको उपस्थिति थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।