विराटनगरमा पहिलो पटक ‘नेल आर्ट’ संचालन, दिपक र दिपाले गरे उद्घाटन

विराटनगर । विराटनगरमा पहिलो पटक नेल आर्ट सञ्चालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर–९ मा ‘सिमी नेल इट’ शनिबारदेखि सञ्चालनमा ल्याएकी हुन् ।

उक्त सिमी नेल इटको अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले संयुक्त रूपमा उद्घाटन गरे । काठमाडांै बाहिर विराटनगरमा सञ्चालनमा आएको नेल इट पहिलो भएको दाबी गरिएको छ ।

नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आकृती कोर्नुलाई नेल आर्ट भनिन्छ । अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ । ‘नेल इट गर्नुप¥यो भने काठमाडांै जानुपर्ने बाध्यता रहेको थियो । अब यसको अन्त्य भएको छ,’ सञ्चालक सन्तोषी श्रेष्ठले भनिन्, ‘विराटनगरमा खोलेको नेल इट पहिलो हो ।’ सौन्दर्य क्षेत्रमा दुई दशकदेखि लागि परेकी श्रेष्ठले ब्यूटीपार्लर पछि नेल इट खोलेकी हुन् । उनकी छोरी सिम्रनले नेल आर्टको ६ महिनाको डिप्लोमा कोर्ष गरेपछि विराटनगरमा १५ लाख रूपैयाँ लागतमा सिमी नेल इट खोलेकी हुन् ।

नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा भित्रिसकेको छ । नेल आर्ट २५ भन्दा बढी शैलीमा गर्न सकिन्छ । नेपालमा भने पाँच प्रकारका शैली चल्तीमा छन् । फ्रेन्स, कलरफूल, पेपर आर्ट, डट सेप, एल सेप, स्टाम प्रिन्ट आदि अहिले चल्तीमा रहेको ब्यूटीसिनयहरू बताउँछन् ।

शनिबार, ०२ असोज, २०७८, दिउँसोको ०४:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर