भरतपुर महानगरपालिका कांग्रेस सभापतिका उम्मेद्वार अख्तियारको निगरानीमा

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारीले वडाको विकास निर्माणमा अनिमियता गरेको आरोपमा अख्तियारको टोलीले छानविन सुरु गरेको छ ।

अधिकारीले उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहिन काम गरेको भन्दै अख्तियारको टोलीले अगुमन गरी वडामा पुगेर आवश्यक कागजात जफत गरेको हो । अधिकारी नेपाली कांग्रेस चितवनका जिल्ला कमिटी सदस्य तथा आसन्न निर्वाचनका नगर सभापतिको सशक्त उम्मेद्वारवार पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा रहेको सिभिल बैंक भरतपुरको खातामा विकासको रकम हालेको भन्दै बैंक स्टेटमेन्ट समेत नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिले अधिकारीको खातमा पहिलो पटक १ लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैंक स्टेटमेन्टमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।

उपभोक्ता समितिमार्फत नै वडा अध्यक्ष अधिकारीले पटकपटक पैसा लिई गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको बताएको छ ।

अधिकारीले विकास निर्माणका सबै साना ठूला आयोजनामा बजेट अनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए । उपभोक्ता समितिबाटै रकम असुली काण्ड सतहमा आएसँगै नेपाली कांग्रेसको आसन्न निर्वाचनमा नगर अध्यक्षको उम्मेद्वारी घोषणा गरी निर्वाचनमा होमिएका अधिकारीको दाँतमा ढुंगा लागेको छ ।

यता वडा अध्यक्ष चित्रसेन अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । त्यसो त अख्तियारले वडा नं २५ का वडाध्यक्ष, वडा नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले पनि वडाको विकास निर्माणमा उपभोक्ता समितिसँग रकम लिने गरेको, उपभोक्ता समितिको रकम वडा अध्यक्षले लिएर वितरण गर्ने गरेको साथै गुणस्तरहीन काम र कतिपय अवस्थामा दोहोरो भुक्तानी समेत लिएको उजुरीको आधारमा छानबिन गरिरहेको अख्तियार स्रोतले बताएको छ ।

बिहिबार, ३१ भदौ, २०७८, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर