विराटनगर । पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन् ।
संयुक्त प्यानलको तर्फबाट उम्मेदवारी बनेका तामाङले ७ सय ३८ मत प्राप्त गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार सार्वजानिक भएको मतपरिमाण अनुसार तामाङ्गले ७ सय ३८ मत प्राप्त गरि बिजयी हँुदा उनका निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६ सय ८६ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ७६१ मत ल्याएर यादव दुलाल निर्वाचित भए । उनका प्रतिस्पर्धी ओमप्रसाद लिम्बूले ५ सय ६३ मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्षमा आशा राईले ७५५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रविन राईले ५९४ मात्र मत ल्याएका छन् । यसैगरी महासचिवमा राजेन्द्र बस्नेतलले ७६० मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अशोक साम्पाङले ५८६ मात्र मत ल्याएका छन् ।
वाणिज्य सचिव इश्वरी सापकोटा ५५७ मत ल्याएर निर्वाचत हुँदा उनका प्रतिस्पर्धीले खेमनाथ ढुङ्गेलले ४५३ मात्र मत ल्याएका छन् । उद्योग सचिवमा प्रेम प्रसाद सुवेदीले ६७० र कोषाध्यक्ष विजयजंग बस्नेत ७६२ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला सदस्यहरू निलम बस्नेतले ७२१, इन्द्रबहादुर राईले ६५६, तुलसी लुनीयाले ४६८, हरिराज प्याकुरेलले ६०३ मत ल्याएर निर्वाचित भएका छन् ।
महिला सदस्यहरूमा देवि राईले ८६१ र जुनी थपलियाले ६७७ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद भट्टराईले ७२५, सदस्यमा प्रदिप पराजुलीले ६८७ र एल्सन बाँस्तोलाले ६४० मत ल्याएर निर्वाचत भएका छन् ।

