काठमाडौं । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३८२ घर डुबानमा परेका छन् ।
आइतबार रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेका छन् । ती क्षेत्रका मानिसहरूको उद्धार गरिएको छ ।
विहान २ बजेदेखि ६ बजेसम्म काठमाडौंमा मुसलधारे वर्षा भएको थियो । काठमाडौंमा १०५ मिलिमिटर वर्षा मापन भएको छ। भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेकोले छेउका बस्तीहरूमा डुबान भएको छ।
बागमती प्रदेशभरि वर्षा भएको र लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।