लोड हुँदैछ...

मेनु

विद्युत प्राधिकरणद्वारा प्रदेश १ का लागि ७२ जना कर्मचारी माग

विद्युत प्राधिकरणद्वारा प्रदेश १ का लागि ७२ जना कर्मचारी माग

विराटनगर । नेपाल विद्युत प्राधिकरणले देशभर ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न प्राविधिक र अप्राविधिक जनशक्ति पदपूर्ति गर्न कर्मचारीहरु माग गरेको हो ।

प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्राविधकरणले सातवटा प्रादेशिक कार्यालयहरु मार्फत पदपूर्ति गर्ने गरी सूचना प्रकाशित गरेको छ । प्राधिकरणको प्रदेश १ को विराटनगर स्थीत कार्यालय अन्तरगत सहायक स्तर पाँचौ तह मिटर रिडिङ सुपरभाइजर ३ जना, लेखापाल ४ जना, इलेक्ट्रिकल सुपरभाइजर ८ जना, सिनियर मिटररिडर ६ जना, सहायक लेखापाल ७ जना, इलेक्ट्रिकल फोरमेन २५ जना, मेकानिकल फोरमेन १ जना, इलेक्ट्रिसियन १८ जना गरी ७२ जना कर्मचारीको माग भएको छ ।

प्राधिकरणले अनलाइन मार्फत आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । लिखित र अन्तरवार्ता दुवै माध्यमबाट परीक्ष लिइने जनाइएको छ ।

6 प्रतिक्रियाहरू

6 प्रतिक्रियाहरू

Rupesh Kumar yadav
September 3, 2021 5:54 PM

Electrician

Rabina Kumari Rajbanshi
September 3, 2021 10:09 PM

metre reading

Paras Kumar Mehta
September 4, 2021 5:11 AM

Meter riding

Namrata shrestha
September 4, 2021 7:22 PM

लेखापालन

Rachana rajbanshi
September 4, 2021 7:24 PM

Sahayak lekhapal,seniour meter reader, lekhapal

Madhu shah
September 7, 2021 3:57 PM

Supervisior

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds