विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका ११ वटा फार्मेसी बन्द गरेको छ । सुनसरी र मोरङका २२ वटा फार्मेसी अनुगमन गरेकामध्ये कैफियत भेटिएको ११ फार्मेसी बन्द गरिएको हो ।
सुनसरीको ४ र मोरङका ७ वटा फार्मेसी बन्द गरिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । यसरी बन्द गरिएको फार्मेसीहरूमा सुनसरीको धरान ६ पानबारीका पानबारी मेडिकल, सुन्दर मेडिकल हल, सोम मेडिकल र सीमाना क्लिनिक रहेका छन् ।
अनुगमनको क्रममा पानबारी मेडिकलले प्रतिबन्धित औषधी र दर्ता नभएको सेनिटाइजर बिक्री वितरण गरेको भेटिएपछि विभागले फार्मेसी बन्द गरेको छ । यस्तै सीमाना क्लिनीले औषधी व्यवस्था विभागमा दर्ता बेगर खुल्लेआमा औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा पाइएपछि शिलबन्दी गरिएको कट्टेलले जानकारी दिए ।
यसैगरी मोरङको केराबारी गाउँपालिका भित्रका दुई वटा फार्मेसी पनि बन्द गरिएको छ । केराबारी १० मा रहेको केराबारी मेडिकल हलले औषधी बिक्री वितरण गर्ने एक जना फर्मासिष्ट प्राविधिक दुई ठाउँको पसलमा रहेको पाइएपछि बन्द गरिएको विभागले जनाएको छ । ‘केराबारी मेडिकल हलको लागि स्वीकृत लिएको फर्मासिष्ट प्राविधिकको नाम अर्को पथरी ३ मा रहेको सुबिक मेडिकल हलमा पनि देखियो ।
‘एकै व्यक्ति दुई ठाउँमा देखिएको कारणले हामीले दुवै फार्मेसी अर्को आदेश नभएसम्मको लागि शिलबन्दी गरि निलम्बनमा राखिएको छ,’ फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले भने ।
यसैगरी केराबारीमा रहेको दिशीका मेडिकल हल, सुन्दरहरंैचा नगरपालिका १० विराटचौकमा रहेको सीता मेडिकल हल, जमुना मेडिकल हल र कुसल मेडिकल हल पनि बन्द गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा मिक्लाजुङ्ग गाउँपालिका ४ मा रहेको प्राची मेडिकल हल पनि निलम्बन गरिएको छ । प्राची मेडिकल हलले विभागले अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा पनि प्रक्रिया पुरा नगरेको कारणले मेडिकल हल शिलबन्दी गरि अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ ।
औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले औषधीजस्तो संवेदनशिल सामाग्री बिक्री वितरणमा पनि फार्मेसीहरूले स्वीकृत नलिकन संचालन गर्ने गरेको पाइएको बताए । ‘अनुगमनको क्रमममा फार्मेसीमा प्राविधिक पनि नरहेको पाइएको छ,’ उनले भने । आर्थिक वर्ष २०७७÷०७८ मा औषधी व्यवस्था विभागले दर्ता नभएका २८ वटा फार्मेसी बन्द गरेको छ ।
Darta na bhako medical ma action linu parcha nice Very good kattel sir and dependra sir