कानेपोखरी । मोरङ कानेपोखरी नेकपा माओवादी केन्द्र र वाइसिएल नेपाल कानेपोखरीले संयुक्त रूपमा राहत प्रदान गरेको छ ।
सुनवर्षी नगरपालिका वडा नं. २ र ३ सिमानामा पर्ने बाभन डोप सन्थाल बस्तीका ५ घरपरिवारलाई प्रतिपरिवार २५ केजि चामल, दाल, तेल, स्याविन, साबुन प्रदान गरिएको हो । सहयोग प्राप्त गर्नेमा गौरीदेवि शर्मा, किसन हेमरोम, बाह हेमरोम, शुनामुनी सोरेम, सिता राजवंशी रहेका
छ्न् ।
सो क्षेत्रको सरकारी ऐलानी जग्गामा शरण लिएर बसेका ३० सुकुम्बासी घरपरिवारको अवस्था निकै नाजुक र विपन्न रहेको छ । माटो र बाँसले बनेको घरहरूको बीचबाट मरैया खोलाको पानी बग्छ । त्यस्तो अवस्थामा बसेका सुकुम्बासी बस्तीका ५ घरहरू भू–माफियाको समूहले भत्काइदिएको र हातपात गरेको पनि पीडितहरूले जानकारी दिए । हातपात गर्दा पीडितलाई चोटपटक लागेको छ । साथै उनीहरूको केही नगद र जिन्सी सामान पनि हराएको बताए ।
ती ५ परिवारहरूलाई राहत प्रदान गर्दै जिल्ला सदस्य एवम् कानेपोखरी पार्टी संयोजक मनोज कुमार राजवंशीले अतिक्रमणकारीहरूसँग नडराइ डटेर लड्न सुझाव दिए । उनले भने ‘हिंजो पनि हामी तपाईंहरूको साथमा थियौं र आजपनि सहयोग आवश्यक परे हामी डटेर साथ दिनेछौं ।’
राहत कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष मनोज कुमार राजवंशी, सुनवर्षी नगर पार्टी अध्यक्ष जयन्तकुमार दास, सुकुम्बासी नेता श्रवन ऋषिदेव, सुनवर्षी ४ का अध्यक्ष श्रवन राजवंशी, एकीकृत शिक्षक संगठन मोरङका सचिव शम्भु राजवंशी, वाइसिएल नेपाल मोरङका जिल्ला सदस्य दोय रोशन राई, भुपेन्द्र कुमार सुब्बा, अनिल धिमाल, प्रदिप मुर्मु, राज मुर्मुलगायतको उपस्तिथि रहेको थियो ।