लोड हुँदैछ...

मेनु

हाटखोलाको पुलमा खाल्डैखाल्डा, जोखिममा यात्रु

हाटखोलाको पुलमा खाल्डैखाल्डा, जोखिममा यात्रु

विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीया खोलाको पुल जीर्ण हुँदा पनि मर्मत सुधार गर्न सरकारले ध्यान दिएको छैन ।

पुलको बीच भागमा परेका ठुलाठुला खाल्डाबाट सर्वसाधारणलृ जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुलको बिचभागसम्म खाल्डाखुल्डी बनेको छ । ति खाल्डा बर्खाको पानीले भरिएको छ ।

हुलाकी राजमार्गमा रहेको यस पुलमा अघिल्लो वर्षनै ठूलो खाल्डो परेको थियो । पुलबाट भारी सवारी साधन ओहोरदोहोर गर्न नसक्ने जीर्ण भएपछि अघिल्लो वर्षनै नयाँ पुल बनाउनु पर्ने आवाज उठेको थियो । प्रहरीले सुरक्षालाई ध्यानमा राखेर पुलबाट केही समय एकातर्फि यातायात मात्र सञ्चालन गरेको थियो । केही समयपछि पुलमा बनेको खाल्डोमा ढलाइ गरी मर्मत गरिएको थियो । दिनहुँ सयौंको संख्यामा साना तथा ठूला सवारी साधन चल्ने पुलमा गरिएको मर्मत ६ महिना पनि नबित्दै फेरी बिग्रीएको छ ।

कटहरी गाउँपालिका २ का वडाध्यक्ष किशोर पाण्डेले पटक पटक सरकारलाई ध्यानाकर्षण गराउँदा पनि पुल मर्मत नभएको भन्दै सामाजिक सञ्जालबाट स्थानीयसँग राय मागेका छन् ।

हुलाकी सडकको पुल स्थानीय तहले निर्माण गर्न नसक्ने र सडक आयोजनाले बेवास्ता गर्दा विराटनगरबाट रंगेली हुँदै उर्लाबारीसम्मका जनताले सास्ती पाउनु परेको पाण्डेले बताए । उनले पुल मर्मतका लागि जनदवाव सिर्जना गर्न पनि सामाजिक सञ्जालमा फोटो राख्नु परेको भन्दै कुन विधिबाट दवाव दिन उपयुक्त हुन्छ भन्ने सुझाव मागेका छन् भने पुल बनाउने जिम्मेवारी संघ वा प्रदेश कुन तहको सरकारको हो भनि प्रश्न गरेका छन् ।

तस्बिरहरु : वडाध्यक्ष पाण्डेको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds