विराटनगर । मोरङको बेलबारीबाट प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका वडा नम्बर ३ बाट बा २१ च १८२९ नम्बरको सेतो बोलेरो पिकअपमा ३८.५ क्यूफिट सखुवाको काठ प्रहरीले बरामद गरेको हो ।
काठसहित पिकअपमा बेलबारी ३ का ३८ वर्षीय दलबहादुर तामाङ र केराबारी–८ बस्ने ४० वर्षीय जितबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि सबडिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।