किराँती आस्थाको केन्द्र लब्रेकुटी

पाँचथर । मेची राजमार्गको इलाम पाँचथर सडक खण्डस्थित कान्छी दोकान बजारबाट करिब ३ किलोमीटर दक्षीण वूर्वमा रहेको समथल हरियाली पर्यटकीय स्थल लब्रेकुटी किराँत धर्मावलम्बीको लागि प्रसिद्ध आस्थाको केन्द्र मानिन्छ ।

फिदिम नगरपालिका वडा नम्बर ५ मा पर्ने यस स्थान वि.सं. १९७८ सालमा किरात धर्मका महान गुरु १६ औं राष्टिय विभूति महागुरु फागुनन्द लिङ्देन पाँचथर यात्राका क्रममा आफ्ना चेला दिलमान तुम्बापोसँग त्यस ठाँउमा अबलोकनका लागि पुग्दा सातफन्केमा त्रिशूल गाडेर पवित्र भूमि बनाएको किम्बदन्ति छ । लब्रेकुटी पुग्ने जो कोहीले सात फन्का लगाए मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।

महागुरुको तयस ठाउँप्रतिको मोह र पवित्र कार्य देखेर स्थानीय २२ सुब्बा सत्र थुम भेला भएर १९८३ सालमा स्थापना गरिएको देवस्थल सहित सो स्थानमा रहेको जग्गा महागुरु फागुनन्द लिङ्देनलाई धार्मिक केन्द्रको रुपमा विकास गरी किराँत सभ्यताको प्रतिकको रुपमा बिकास गर्ने उपलब्ध गराइएको बताइन्छ ।

विश्व एकता आपसी भाइचारा अहिंशा मानव एकताको लागि महागुरु फागुनन्द लिन्देनले १९८८ सालमा सत्र थुम गन्ने मान्ने भेला गराई ८ बुँदे सत्य धर्मे मुजुल्का निर्माण गरि पबित्र बनाएको त्यस स्थललाई किरात धर्मालम्बीले प्रथम घोषणापत्र मान्दै आएको पाइन्छ । महागुरु फागुनन्दले जीवनको १६ वर्ष यही स्थानको विकासमा बिताएका थिए । त्यसैले पनि लब्रेकुटीलाई फागुनन्द लिन्देनको कर्मभूमी भनेर पनि चिनिन्छ ।

लब्रेकुटीको एउटै अर्थ नभैटिए पनि समथर र उजाड भूमिमा कुटी बनाइएकोले त्यस ठाउँलाई लाब्रेकुटी भन्न थालिएको बताइन्छ । लाब्रेकुटीमा एकपटक यात्रा गर्नाले मनोकामना पुरा हुने तथा गुरु फागुनन्द्र लिन्देनलाई नै भेटेको आभास हुने बताउछ्न इलामका रत्नबहादुर थेबे ।

किरात धर्ममान्ने लाई मात्र नभएर अन्य धर्म मान्ने मानिसले समेत पाँचथरको लाब्रेकुटीलाई किराँत आस्थाको प्रमुख केन्द्र तथा महागुरु फागुनन्द्र लिन्देनको खुल्ला संग्रहालयको रुपमा लिदै आएको पाइन्छ ।

यस स्थानमा फागुनन्दले तान्त्रिक युद्धमा प्रयोग गरेको विश्वास गरिएको चर्किएको थाल, उनी सुत्ने खटीया, उनको कपाल, उनैले प्रयोग गरेको चिम्टा, उनले टेकेको त्रिशुल , उनी आफैले रोपेका १०८ प्रकारका वृक्ष, १०८३ सालमा स्थापना गरिएको मङ्हिन समेतको प्रत्यक्ष हेर्ने तथा दर्शन गर्ने पाइने लाब्रेकुटी माङ्हिम संरक्षण समितीका सचीव सुभाष तुम्बापो बताउँछन् ।

यतिमात्र होइन डाँडामा रहेको समथल यो भू–भागबाट तेह्रथुम, ताप्लेजुङ, सदरमुकाम फिदिम र इलाम अनि झापाका समेत केही भुभागको दृश्य अबलोकन गर्ने सकिन्छ । तुम्बापोका अनुसार यहाँबाट सगरमाथा, कञ्चनजङघा हिमालसमेत मज्जाले हेर्ने सकिन्छ ।

लेकाली क्षेत्र हरियाली घासे मैदान रहेको यो स्थानमा ७ प्रजातिका लालिगुरास, ८ प्रजातिका जरिबुटी तथा १३ प्रकारका सल्ला समेत पाइन्छ । किराँत जातिको देवस्थल फागुनन्दसँग साक्षात बोल्ने ढुङा, किराँती शीला समेत देख्न पाइने यस स्थान किराँतहरुको पहिलो तथा महत्त्वपूर्ण सभ्यताको रुपमा रहेको छ । यो स्थानमा माहागुरुको सम्झना तथा यस्को अवस्थित्व जोगाएर राख्न विगत २५ वर्षबाट अखण्ड माहाद्वीप समेत बालिने गरेको तुम्बापो बताउँछ्न् ।

तुम्बापोका अनुसार लाब्रेकुटीमा भारतको सिक्किम, दार्जिलिङ, मिरिक तथा नेपालका विभिन्न स्थानबाट भक्तजन आएर सेवा गर्ने गरेका छ्न्। त्यहाँ पुग्ने भक्तजनलाई निःशुल्क खाने बस्ने समेत प्रबन्ध समितिले गरेको छ। हरेक शनिबार आन्तरिक तथा बाह्रय आगन्तुकहरु त्यहाँ पुग्ने गरेका छन् । नव जोडी देखि लिएर युवा तरुनी तन्देरीहरु तस्बिर खिच्न र रमाइलो गर्न पनि त्यहँँ पुग्छन् ।

पूजाअर्चना गर्नेहरु भने बार तथा समय मिलाएर जुनसुकै बेलामा दर्शनका लागि उपस्थित हुने गरेको बताइन्छ । पछिल्लो समय लाब्रेकुटीको पूर्वाधार विकासमा स्थानीय तथा प्रदेश सरकारले ध्यान दिइरहेको स्थानीयले बताएका छन् ।

शनिबार, ०५ भदौ, २०७८, दिउँसोको ०२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर