बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको पहिलो जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
बिर्तामोडमा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा मेचीनगर निवासी भण्डारीले ३४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत प्राप्त गरे भने अर्का उम्मेदवार अर्जुनकुमार मैनाली २५ मतमा सीमित भए। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो।
उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन्। उनले २१० मत प्राप्त गर्दै विजय हासिल गर्दा शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरेका थिए। उपसभापति पदमा कडा प्रतिस्पर्धा भए पनि ढकाल झिनो मतान्तरले विजयी बने।
सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत प्राप्त गरे। सहसचिवमा भिमबहादुर कुँवर ३५२ मतसहित विजयी हुँदा राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरेका थिए।
जातीय समावेशी सदस्यतर्फ राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भएका छन्। उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरेका थिए।
खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९, शान्तिमाया न्यौपाने २१४ र मुना सापकोटा ११९ मतसहित निर्वाचित भएका छन्। यी पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो।
अन्य उम्मेदवारमध्ये पवन गिरीले २१५, दिवाकर मैनालीले १८०, नन्दकुमार चुडालले १२८, नरेन्द्र राईले ११६, नरेन्द्र शिवाकोटीले ९३, भेषराज ओलीले ८६, चेतकुमार खनालले ८०, बालकृष्ण खतिवडाले ५७ तथा प्रेमप्रसाद खरेलले २६ मत प्राप्त गरेका थिए।
अधिवेशनले क्षेत्रीय नेतृत्वसमेत चयन गरेको छ। क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लिलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुणामणि पाठक निर्वाचित भएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।