तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट सुमन खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
सदरमुकाम म्याङलुङमा शनिबार सम्पन्न अधिवेशनले खत्रीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा दीपेन्द्र सिंघक, सचिवमा लिलम बस्नेत तथा सहसचिवमा रणबहादुर थापा चयन भएका छन्। सदस्यहरूमा बलदेव लिम्बू, पूर्णमाया रसाइली, सुमन नेपाल, सृजना लामा र रुबिना राय चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठन विस्तार गर्दै जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जिल्लामा पार्टीलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने लक्ष्यका साथ काम गर्ने बताएका छन्।
अधिवेशनले तेह्रथुममा पार्टीको संगठनात्मक आधार थप मजबुत बन्ने तथा आगामी राजनीतिक तथा संगठनात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।