स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा

विराटनगर । विराटनगरस्थित सुपेरियर मोटर्सले अटो जगतमा दमदार उपस्थिति जनाईसकेको स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा ल्याएको छ ।

मोटर्सले बुधबारदेखि रोबस्ट र मस्कुलर डिजाईनको उक्त एसयुभी बजारमा ल्याएको हो । मोटर्सको पिपल चौकस्थित सोरुममा एक कार्यक्रमको आयोजना गर्दै उक्त एसयुभी सार्वजनिक गरिएको हो । एसयुभीको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । एक्टिभ, एम्बिसन र स्टाईल गरी ३ भेरियन्टमा उपलब्ध रहेको उक्त एसयुभी पाँच कलरमा उपलब्ध हुने सुपेरियर मोर्टसले जनाएको छ । मोटर्सका अनुसार एसयुभीको एम्बिसनको मूल्य ५३ लाख ९० हजार र स्टाईलको मुल्य ६० लाख ९० हजार निर्धारण गरिएको छ ।

ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र प्यासिभ सेफ्टी फिचर्सहरु समेत समावेश गरिएका छन् । स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु अटोमोबाइल्सले साउन दोस्रो साता यो एसयुभी नेपाल भित्र्याएको हो । नयाँ कुशाक ४२२५ एम.एम लामो, १७६० एम.एम चौडा र १६१२ एम.एम अग्लो छ । यसको ह्विलबेस २६५१ एम.एम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स पनि १८८ एम.एम रहेको छ ।

स्कोडा कुशाकमा आरामदायी इन्टेरियर डिजाईन दिईएको छ । यसको बिचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टिफङ्क्सन स्टेरिङ छ । यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई समेत उज्यालो बनाईदिन्छ ।

त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु समेत क्रोम–प्लेटेड रहेका सुपेरियर मोर्टसका सञ्चालक शशीमोहन सिन्हाले बताए । यस्तै, नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई ईन्जिन राखिएको छ । जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्डसमेत हासिल गरिसकेको छ । जसले डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई न्युन बनाउन सहयोग गर्छ ।

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क जेनेरेट गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विल मार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यू जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित बजारमा उपलब्ध रहेको सुपेरियर मोटर्सका बजार व्यवस्थापक रुपक घिमिरेले बताए । ‘यी दुवैले स्मार्टलिङ्क टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ,’ उनले भने, ‘एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन छ ।’

यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाईफाई हटस्पट, ह्यान्ड फ्री फोन कलका लागि एक्सर्टनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिङक समेत रहेको जनाइएको छ । यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा २ वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि २ वटा युएसबी सी पोर्टसमेत रहेको एम.ए.डब्ल्युका बजार प्रतिनिधि सञ्जय अर्यालले जानकारी दिए ।

कुशाक भने इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डर्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा रहेको हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्टको सुविधासमेत यसमा संलग्न रहेको जनाइएको छ ।

हेरौं केही तस्बिरहरु :

बुधबार, २७ साउन, २०७८, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर