विराटनगर । प्रदेश १ सरकारले वितरण गर्न लागेको ‘भाषाशास्त्री बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई सम्मानित गर्न पुरस्कार छनौट समितिले सिफारिस गरेको छ ।
पोखरेललाई १ लाख रुपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो । यस्तै छनौट समितिले ५० हजार राशीको प्रदेश प्रतिभा पुरस्कारबाट गायक सत्यकला राई, गायक टिका चाम्लिङ, साहित्यकार माधव कल्पित, पत्रकार तथा साहित्यकार शंकर खरेल, साहित्यकार भानुभक्त कुभेण्डेली, साहित्यकार लक्ष्मण नेवटिया, साहित्यकार डम्बरु बल्लभ भण्डारी, कवि तथा साहित्यकार मन्जुश्री गिरी, साहित्यकार सरस्वती दुमी राई, नविन राई, प्रेम सुब्बा र राम दियालीलाई पुरस्कृत गर्न सिफारिस गरेको स्रोतको दाबी छ ।
यस्तै २५ हजार राशीको नवोदित श्रष्टा पुरस्कारबाट कविता राई, खगेन्द्रा खुसी, रामभजन कामत, संजीव धिमाल र सुरेश पोर्तेललाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । पुरस्कार छनौट लागि साहित्यकार खेम नेपालीको संयोजकत्वमा ५ जनाको समिति निर्माण गरिएको थियो ।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाले गत असार १३ गते एक सूचना प्रकाशित गरी असार २१ गतेसम्ममा आवेदनको माग गरेको थियो । भानुजयन्तीको अवसर पारेर असार २९ गते वितरण हुने यि पुरस्कारहरु यस पटक भने कोभिड–१९ का कारण पछि सरेको हो । अघिल्ला २ वर्षभने सोही दिन पुरस्कार वितरण भएको थियो ।
राज्यको ढिकुटि वाट दिइने सम्मान र पुरस्कार एउटा राजनीतिक गुटको २/४ हनुमान को तजबिज मा छडिदिनु र सम्मान पाउन त्यो हनुमान को चाकडी गर्नुपर्ने अवस्था आउनु लाजमर्दो कुरा हो ।
Badhai n Suvkamana.