सानिमाको आइपिओ निष्कासन खुल्ला, कतिलाई पर्ला आइपिओ ?

विराटनगर । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ विक्री सर्वसाधारणका लागि खुला भएको छ ।

कम्पनीले आज ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीले जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरप्रति सेयर १०० का दरले आईपीओ निष्काशन गरेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ । यसआधारमा हेर्दा सानिमाको आइपिओ ५ लाख ४० हजार सर्वसाधरणले १० कित्ताको दरले शेयर पाउने छन् ।

बुधबार, २० साउन, २०७८, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर