विराटनगर । सामाजिक कार्यमा सक्रिय जहदाको लक्ष्मीनिया युवा क्लबले वडा नं. ४ को शाखा विस्तार तथा कार्यसमिति पुर्नगठन गरेको छ ।
शनिबार जहदा–४ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै क्लबले सदस्य हेरफेर तथा शाखा विस्तार गरेको हो । क्लबका संस्थापक अध्यक्ष नितेश साहको अध्यक्षता बसेको बैठकले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जहदा–४ शाखाको अध्यक्षमा निरज मण्डल, उपाध्यक्षमा जयकिशन मण्डल, सचिवमा सञ्जित साह, सह–सचिवमा बबिता राय र कोषाध्यक्षमा माला कुमारी मण्डल चयन भएकी छन् ।
यसअघि जहदा–४ को शाखामा १७ सदस्यीय कार्यसमिति थियो । शनिबार विस्तार भएको समितिमा ७ जना सदस्यहरु दोहोरिएका छन् ।
जहदा भरिका युवाहरुलाई एकापसमा जोड्न तथा सामाजिक कार्यमा युवाहरुको सक्रियता बढाउन प्रत्येक वडामा शाखा विस्तार र कार्यसमिति पुर्नगठन गरिएको क्लबका अध्यक्ष नितेश कुमार साहले बताए । उनले हाल लक्ष्मिनिया युवा क्लबमा २ सय बढी सदस्यहरु आबद्ध भईसकेको जानकारी दिए ।
शनिबारको कार्यक्रममा भने क्लबका केन्द्रिय उपाध्यक्ष धिरज कामत, केन्द्रिय कोषाध्यक्ष माधुरी मण्डल, केन्द्रिय सदस्य कार्तिक सिंह, श्यामशुन्दर मण्डल, दिपेश शर्मा, माधव मण्डल, जहदा–१ शाखाका सचिव पंकज सरवरिया, जहदा–३ शाखा अध्यक्ष मनिष ठाकुर, जहदा–७ शाखा अध्यक्ष पवन सिंह र सार्वजनिक विद्यालयका प्रधानाध्यापक अजय सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।