डेरी खुलेपछि गाउँमै आम्दानी

पाँचथर । पछिल्लो समय गाउँमा दूध डेरी सन्चालन हुन थालेपछि किसानले पशुपालन ब्यवसाय बाट राम्रो आम्दानी गर्ने थालेका छ्न् । केही वर्ष अगाडिबाट ग्रामीण क्षेत्रका हरेक टोलटोलमा उल्लेख्य मात्रामा डेरी संचालन हुन थालेपछि हरेक किसानका घर–घरमा दुई माउ गार्इ भैंसी देखिन थालेका हुन् ।

जिल्लाका हरेक स्थानीय तहका वडा तथा गाउँ टोलमा अहिले आफ्नै ब्यतिगत लगानी तथा सहकारी मार्फत किसानले डेरी सन्चालन गरेपछि युवा समेत विदेश पलायन दर रोकिएको पाइन्छ । पछिल्लो समयको कोरोना प्रकोपबाट त झन् पशुपालन प्रती किसानको मोह जागेको डेरी सन्चालक देबेन्द्र खनाल सुनाउछ्न् ।

फिदिम नगरपालिका ९ मा किसान तेजबहादुर लावतीले घरमा गाइ भैंसी मात्र पालेका छैनन्न उनी र छिमेकी भक्तबहादुर सिगु मिलेर गाउँमा दूध डेरी संचालक गरेर दुबै तर्फबाट मनग्गे आम्दानी गरिरहेका छ्न् । उनीहरुले आफू र गाउँका अन्य २५ घर परिवारलाई समेत पशुपालन पेसाबाट आत्मानिर्भर बनाइरहरेका छ्न् ।

महिनाको १ लाख ५० हजार २ लाकसम्मको कारोबार हुने उनीहरुको डेरिमा एक किसान बराबर ८ देखी १० हजार रुपैयाँ सम्मको मासिक दूध सङ्कलन हुने गरेको छ । नियमित रुपमा एक किसान बराबर दिनको ५ सय देखि १५ सय सम्म किरिम झर्ने लाबती बताउछ्न । उनी भन्छ्न ‘अहिले गाउँका मानिसहरुले घर पिछे दुहुना गाई भैंसी पाल्ने गर्नु भएको छ । गाउँका प्रत्येक जस्तो घरबाट नै दूध आउने गर्छ । हामी एक सय ग्राम क्रिम बराबर ३८ देखि ४० रुपैयाँसम्मको रकम किसानलाई दिने गरेका छौं।’ उनी थप्छ्न् ‘पशुपानन गरेर नै किसानहरुले आफ्नो जीवन स्तर माथी उकास्न सकिने सम्भावना राम्रो छ । अहिले ९ नम्बर वडामा मात्र १० वटा डेरी सन्चालनमा छ्न् ।

मिक्लाजुङ गाउँपालिकाका किसान नरेन्द्र माखिमले गत तीन वर्ष अगिबाट गाउँको डेरीमा दूध बेचेर महिनाको देखि १५ हजारसम्म आम्दानी गरिरहेको सुनाउदै भन्छ्न ‘अहिले बिदेश जानू भन्दा गाउँमै सुबिधा आएकाले यही केहि गरौं भनेर लागेको छु, दुई माउ दुहुना पालेको छु । पशुपालन गरे दूधबाट मात्र होइन तिनको कम्पोस्ट मल प्रयोग गरेर बारीबाट समेत राम्रो आम्दानी हुने गरेको छ ।

हिलिहाङ गाउँपलिकाका किसान भवानीप्रसाद रिजाल बिदेश गएर फर्किएर गाउँमा पशुपालन गरि दुध बेचेरै घर खर्च चलाइरहेको कुरा सुनाउदै गाउँ गाउमा डेरी सन्चालन गर्ने सञ्चालक र सहकारीलाई धन्यवाद दिन्छ्न् ।

नयाँ पुस्ताले पशुपालनलाई छाड्न लागेको बेला गाउँमा डेरी संचालक भएपछि दङ्ग परेका ८० वर्षे बुद्ध रणदहादुर तुम्बापो ठ्यौली पाराहा भन्छ्न् ‘पशुहरुलाई पाल्न जान्यो भने यिनी लक्ष्मी हुन् तर यस्लाई स्याहार्ने हेल्च्याक्राई गरे घरजग्गा समेत उठिबास बनाउँछ्न । यिनीहरुको पालन पोषणमा विशेष ध्यान पुर्याउनु पर्छ ।

परम्परागत गोठहरुमै पशुपालन गरिरहेका किसानहरुले आधुनिक गोठ निर्माण भए अझ राम्रो आम्दानी हुने बताउँदै । खर्चको अभावमा गुणस्तरीय गोठ बन्न नसकेकोमा सुखेसो गर्छ्न् ।

शुक्रबार, २५ असार, २०७८, दिउँसोको १२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर