विराटनगर । ७ लाख ४५ हजार ५ सय रूपैयाँसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकदेखि इलका प्रहरी कार्यालय दमकले मंगलबार राती ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।
दमक ८ का थिरराज खतिवडाको घरमा तास खेलिरहेको सूचना प्राप्त भएपछि इप्रका दमकका डिएसपी नवराज कार्कीको कमाण्डमा गएको प्रहरीले जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक १ का ४५ वर्षीय नरेन्द्र थापा, सोही ठाउँका २३ वर्षीय नरेन्द्र लिम्बू, ४३ वर्षीय हर्क धिमाल, इलाम चुलाचुली ६ का ३७ वर्षीय र्हक लिम्बू, दमक ६ का ३१ वर्षीयचन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कृष्ण खतिवडा, ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तै दमक ८ का ४४ वर्षीय पूर्ण प्रकाश रिजाल, २८ वर्षीय सुसन रिजाल, ३८ वर्षीय कुलराज खड्का र २९ वर्षीय थिरराज खतिवडा रहेका रहेको डिएसपी कार्कीले जानकारी दिए । पक्राउ परेका ११ जनालाई इप्रका दमकले जुवा ऐन अन्र्गत कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।