विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङले चालु आर्थिक वर्ष २०७७–७८ को असार मध्यसम्ममा ३ करोड ९१ लाख २० हजार राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले ६५ हजार ३ सय ६३ सवारीसाधनमाथि कार्वाही गरेर सो राजश्व संकलन गरेको हो । कार्यालयले साउनमा २१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै भदौमा १७ लाख ९ हजार राजश्व सङ्कलन गरेको कार्यालयले असोजमा ३५ लाख ८६ हजार पाँच सय राजश्व सङ्कलन गरेको जनाएको छ ।
कार्यालयले कात्तिकमा ३४ लाख १५ हजार, मङ्सिर र पुसमा क्रमशः ३६ लाख ९५ हजार र ४४ लाख ६३ हजार राजश्व सङ्कलन भएको जनाएको छ । माघमा ४५ लाख १३ हजार ५००, फागुनमा ४७ लाख ५६ हजार ५०० र चैतमा ५१ लाख १८ हजार ५०० राजश्व सङ्कलन गरेको छ । यसैगरी वैशाख, जेठ र मध्य असारसम्ममा ५७ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ ।
जेठसम्म १६ हजार २ सय ९० ट्रक ट्राफिक कारबाहीमा परेका छन् । जसबाट १ करोड ४८ लाख नौ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा १ हजार ९६१ टिपर कारबाहीमा परेका छन् । जसबाट ११ लाख ९८ हजार राजश्व सङ्कलन भएको छ ।
यसैगरी कारबाहीमा परेका १ हजार ६३५ बसबाट ८ लाख ९३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सो अवधिमा ८ हजार ९२८ जिप कार कारबाहीमा परेका छन् । जसबाट ४९ लाख ३९ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यसैगरी कारबाहीमा परेका १२ हजार १३ ट्रयाक्टरबाट ६४ लाख ६० हजार राजश्व सङ्कलन भएको छ ।
सो अवधिमा १७ हजार ४६९ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । कारबाहीमा परेका मोटरसाइकलबाट १ करोड ९ लाख २२ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यसैगरी कारबाहीमा परेका ४ हजार ८८० अटो, सिटी सफारीबाट २७ लाख ४१ हजार ५०० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस्तै २१९ अन्य सवारी साधन कारबाहीमा परेका छन् । जसबाट १ लाख २० हजार ५०० सय राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
निषेधाज्ञाका कारण राजश्व सङ्कलनमा केही कमी आएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले बताए । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले कार्यालयले राजश्व सङ्कलन चार करोड पु¥याउने उनले बताए ।