विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् ।
मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।
निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णाय गरेको सूचना अधिकारी तिम्सिनाले जानकारी दिए ।
यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए । अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउनु पर्नेछ ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।




5 प्रतिक्रियाहरू
5 प्रतिक्रियाहरू
Covid-19 sang sambandhit guide line sabai le imandari purvak Palma garnu paryo.sarkar sang janta lai din vaccine xain tysai le aafai sajag ra sachet banou.
जन्ताहरु कोरोनाले हैना लकडाउन ले खाना नपाएर चही मरिरहेका छन! लकडाउन खोल्नु नै पर्छ
निजी विद्यालयमा आवद्ध हुनु भएका सम्पूर्ण शिक्षक शिक्षिका साथिहरु निकै मारमा छन् यसर्थ शैक्षिक संस्थाहरु पनि खुकुलो पार्दै दिनुहुन अनुरोध छ
निजी विद्यालयमा आवद्ध हुनु भएका सम्पूर्ण शिक्षक शिक्षिका साथिहरु निकै मारमा छन् यसर्थ शैक्षिक संस्थाहरु पनि खुकुलो पार्दै दिनुहुन अनुरोध छ