विरामीलाई घर–घरमा औषधि : खड्ग फागो

 खड्गबहादुर फागो

मोरङको विराटनगरपछि दोस्रो ठूलो शहर हो उर्लाबारी । संघीय नेपालमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विकासका कामहरु स्थानीय तहले गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ । दोस्रो लहरमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा उर्लाबारी नगरपालिका प्रमुख खड्ग बहादुर फागो आफै पनि सक्रिय भएर लागि परेका छन् । मोरङको मुख्य सहरमध्ये एक उर्लाबारी नगरपालिकाका प्रमुख फागोसँग हाम्रोमतले गरेको कुराकानी:

उर्लाबारी नगरपालिकाको नेतृत्वमा तपाइँ आएपछि स्वास्थ्य क्षेत्रमा के—के काम भए ? भइरहेका छन् ?

– उर्लाबारीका धेरै वडाहरूपमा उपस्वास्थ्य चौकीको स्थापना भइ स्वास्थ्य सेवा संचालन भइरहेको छ । उर्लाबारी – ३ मंगलबारेमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर रहेको छ । जुन ५० शैय्याको अस्पताल हो । यहाँ विशेषयज्ञ चिकित्सकहरूद्धारा विरामीको उपचार हुने गरेको छ । यस्तै ८ नम्बर वडामा स्वास्थ्य चौकी रहेको थियो । अहिले हामीले कोरोना संक्रमतिको उपचार गर्ने ११ शैय्याको आइसोलेशन सेन्टर चलाएका छौं । यहाँ करारमा नियुक्त गरेको दुई जना मेडिकल अधिकृत चिकित्सक र स्वास्थ्यकर्मीहरुले उपचार गर्दछन् । हामीले सर्वसाधारणको स्वास्थ्यमा पहुँच होस् भनेर स्वास्थ्य वीमा कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यान्वयनमा लगेका छौं । नगरभित्रका आर्थिक अवस्था नाजुक भएका, विपन्न परिवारको सदस्यको निःशुल्क जीवन विमा गरिदिने गरेका छौं । त्यसबाहेक प्रत्येक वडामा आधरभूत स्वास्थ्य केन्द गरी ७ वटा रहेको छ । यसबाट पनि स्वास्थ्य उपचार हुने गरेको छ । हामीले कार्यकालको सुरुवातदेखि नै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं ।

कोभिड १९ को अवस्था उर्लाबारीमा कस्तो छ ?

– पहिलो लहरमाभन्दा दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । अहिलेसम्म २ सय ५६ जना संक्रमित पुगेका छन् । १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । १ सय ७ जना संक्रमणमुक्त भइ ठिक पनि भएका छन् । पहिलो लहरमा उर्लाबारीमा संक्रमणले खासै प्रभाव नपरे पनि महामारीको रुपमा फैलिएको दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश, संघीय सरकारसँग समन्वय र नीजि क्षेत्रसँग सहकार्य संक्रमण रोक्न र नगरबासीको ज्यान जोगाउन सक्रिय भएर फिल्डमा खटेर लागेका छौं ।

उर्लाबारी नगरपालिकाले कोभिड—१९ नियन्त्रणका लागि के कसरी काम गर्दै आएको छ ?

– कोभिड—१९ को पहिचान भएपछि गाह्रो हुने विरामीको लागि उर्लाबारी ८ राजघाट ११ शैय्याको आइसोलेशन स्थापना गरेका छौं । राजघाटमा रहेको आइसोलेशन अक्सिजनसहितको हो । जहाँ दुई जना एमबीबीएस डाक्टर र स्वास्थ्यकर्मीहरुको टिम रहनुभएको छ । उहाँहरुको प्रत्यक्ष संलग्नमा संक्रमितको उपचार हुने गरेको छ । निकै सारो भएका विरामीलाई विराटनगर र अन्य ठूला हस्पिटहरुमा रेफर गर्ने गरेका छौं । त्यसको लागि नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ । यस्तै उर्लाबारी– ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १२ शैय्याको कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीमा संक्रमण बढ्न थालेपछि निजी स्तरबाट पनि कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीस्थित गोदावरी हस्पिटलले पनि १० शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाले बनाएको आइसोलेशन र होम आइसोलेशनमा बसेका संक्रमितलाई गाह्रो भएर थप उपचारको लागि ठूला हस्पिटल लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा सुचारू गरेको छ । होम आइसोलेशनमा रहेका संक्रमितहरूलाई स्वास्थ्य परामर्श पनि स्वास्थ्यकर्मीहरूले दिने गरेका छन् । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याङ टे«सिङ्गमार्फत परीक्षण गरिनेछ भने एन्टिजेन परीक्षणलाई पनि निरन्तरता दिएको छ । अशक्त र ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने औष्धि पनि हामीले घरमा पु¥याइदिने गरेका छौं । दिर्घरोगका समस्या भएका विरामी अहिलेको यो संक्रमणमा फार्मेसीसम्म पुग्ने अवस्था छैन भने हामी त्यस्ता विरामीलाई घरमा औषधि पु¥याउने संयन्त्रको विकास गरेका छौं ।

स्थानीय तहले चिकित्सक र स्वास्थ्यकर्मी अभाव खेपीरहेको छ । उर्लाबारी नगरपालिकाले जनशक्तिको कसरी व्यवस्थापन गरेको छ ?

– नगरपालिकाले आन्तरिक स्रोतबाट विज्ञापन गरेर मेडिकल अफिसरहरु ल्याएका छौं । स्टाफ नर्सहरू पनि छन् । हामीले उहाँहरूलाई करारमा नियुक्त गरेका हौं । जुन एउटा अवधिभरको लागि काम गर्नुहुन्छ । आवश्यकता अनुसार थप गर्ने हाम्रो लक्ष्य पनि रहेको छ । स्थानीय तहले चिकित्सक र स्वास्थ्य जनशक्तिको अभाव खेपिरहेका छन् । यसमा प्रदेश र संघीय सरकारले ध्यान दिन जरुरी छ ।

नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकताको कुन तहमा राखेर काम गर्दै आएको छ ?

– स्थानीय तहको पूर्वाधारपछि दोस्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । पूर्वाधारपछि हामीले दोस्रो प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रलाई नै महत्व दिएका छौ । अहिले प्राथमिकताको आधारमा नै स्वास्थ्य क्षेत्रमा काम भैरहेको छ । उर्लाबारीमा थप १५ शैय्याको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । यसलाई आगामी नीति तथा कार्यक्रममा योजना बनाएर बजेट पनि विनियोजन गर्ने लक्ष्य रहेको छ ।

जनस्वास्थ्यका सवालमा प्रदेश सरकार र संघीय सरकारको सहयोग कस्तो छ ?

– हाम्रो अपेक्षा अनुसार बजेटको पाटोमा खासै सहयोग भएको छैन । यद्यपि, हामीले योजना बनाइरहेका छौं । बजेटको हिसाबमा प्रदेश सरकार र संघीय सरकारबाट पर्याप्त सहयोग भएको छैन । स्थानीय सरकारलाई प्रदेश एवं संघीय सरकारको सहयोग हुँदा परिणाम राम्रो आउने भएकोले हामीहरुले हरेक कार्यक्रममा सधैँ जोड्ने प्रयास गरिरहेका छौं । कोरोना कालको सुरुमा नै प्रोटोकलमा नहुँदा पनि संघ र प्रदेशले गर्ने काम पनि गरिरहेका थियौं । कोरोनाको पहिलो लहरको समयमा संघ र प्रदेशसँग समन्वय गरि काम गरेको थियो । दोस्रो लहरमा अपेक्षा गरेजस्तो सहयोग आएको छैन । नगरले आफ्नै स्रोत र साधन प्रयोग गरेर संक्रमण रोक्न काम गर्दै आएको छ ।

नेतृत्व हस्तान्तरण गर्दासम्म उर्लाबारीको स्वास्थ्यलाई कहाँ पु¥याउने लक्ष्य छ ?

हिंजोको अवस्थामा उर्लाबारीका वडाहरुमा उप—स्वास्थ्य चौकी समेत थिएन । हामी आएपछि आधारभूत स्वास्थ्य केन्द्र, अस्पताल निर्माण कार्य भैरहेको छ । ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमदेखि विरामीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यहरु भएको छ । हामी हुनसक्ने सबै आवश्यक कामहरु गरिरहेका छौं । हाम्रो कार्यकालमा स्वास्थ्यका क्षेत्रमा धेरै नै परिवर्तन भएको अनुभूति हुनेछ । हामीले छोड्दै गर्दा स्वास्थ्यमा यहाँका नागरिकले पनि धेरै परिवर्तन भएको अनुभूति गर्ने विश्वास दिलाउँछौँ ।

Supported only between 1944-2022