धनकुटामा संक्रमितको प्रभाबकारी उपचार

धनकुटा । पहाडी जिल्लाका कोरोना संक्रमितको उपचारमा धनकुटा कोभिड अस्पताल सक्रिय भएपछि विरामीलाई सहज भएको छ ।

धनकुटामा अक्सिजनसहितको कोभिड अस्ऋपताल सञ्चालन भएपछि संक्रमित विरामीहरुले राम्रो र प्रभावकारी सेवा पाएको धनकुटा अस्पतालका डा.पुजन विश्वकर्माले बताए ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानलाई ठूलो जोखिममा राख्दै संक्रमितको उपचारमा खटिएका छन् । अस्पताल सञ्चालन भएपछि धनकुटा जिल्लाका अवला भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाका कोभिड संक्रमितहरुलाई सहज भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटा जिल्ला सदरमुकाममा रहेको कोभिड अस्पतालमा कोरोना संक्रमित विरामीहरुको राम्रो उपचार प्रभाबाकारी रहेको छ । अस्पतालको आकस्मिक कोभिड कक्ष र कोभिड अस्पतालमा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको नेतृत्वमा संक्रमितको उपचार भइहरको छ ।

उपचारको लागि ल्याइएका विरामीका आफन्तले अस्पतालको सेवा प्रभाबकारी रहेको अनुभूति सुनाएको उद्योग बाणिज्य संघका अध्यक्ष राईले बताए । धनकुटामा तीन हप्ता अघि धनकुटा कोभिड अस्पताल सञ्चालनमा छन् भने तीन दिनदेखि धनकुटा अस्पतालमा कोभिड आकस्मिक कक्ष सञ्चालनमा आएको छ । अस्पतालमा अहिलेसम्म ५० जना कोरोना संक्रमितहरु उपचार गरी निको भएर घर फर्किएका छन् ।

डां. विश्वकर्माका अनुसार अहिले धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राममा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा ६ जनाको अक्सिजनसहित उपचार भइरहेको छ । जटिल खालका र अक्सिजन लगाउनुपर्ने संक्रमित विरामीहरुको मात्र अस्पतालमा भर्ना गर्ने गरिएको छ ।

धनकुटामा अहिलेसम्म ५ सय ८० जना कोरोना संक्रमित भैसकेका छन् । उनीहरु अधिकांश अहिले घरमा नै रहेको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

बुधबार, १२ जेठ, २०७८, बिहानको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर