इटहरी नगरपालिकाद्वारा कोरोना नियन्त्रणमा लाग्न सबैलाई आग्रह

इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ । स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग, कन्ट्र्याक ट्रेसिड, आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो ।

परीक्षणको दायरा बढाएर हाल सय बढीको परीक्षण थालिएको र त्यसलाई अझ बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो । समुदायस्तरमै गएर एन्टिजेण्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । बैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुव्वा, नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल, नागरिक समाजका अध्यक्ष सन्त डुम्जन, पूर्व अध्यक्ष कमलेश पौडेल, रेडक्रस सभापति विमल पौडेल, मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गर्नुभयो ।

छलफलमा पीसीआर परीक्षण गर्ने मेशिन खरिदका लागि सहयोग गर्ने त्यसको संचालन र ब्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले सो को प्राविधिक पक्ष अध्ययन गरेर आवश्यक निर्णय लिइने वताउनुभयो । वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराई र वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले कोरोना रोगथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका बारेमा वताउनुभयो ।

मङ्गलबार, ११ जेठ, २०७८, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर