विराटनगर । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।
विराटनगरको नोबेल मेडिकल कलेजमा ८, कोशी कोभिड–१९ उपचार केन्द्रमा २, बूढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजमा २, न्युरो अस्पतालमा एक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सङ्क्रमितको मृत्यु भएको हो ।
नोबेलमा मोरङको जहदा गाउँपालिका–१ का ३२ वर्षीय पुरुषको मंगलबार बिहान ७ बजे मृत्यु भएको छ । उनी जेठ ८ गते अस्पताल भर्ना भएका थिए ।
विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनी जेठ ९ गते अस्पताल भर्ना भएका थिए । विराटनगर–१३ की ३१ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको छ । उनी जेठ ४ गते भर्ना भएकी थिइन् ।
नोबेलमै सुन्दरहरैँचा नगरपालिका–१० की ६५ वर्षीया वृद्धा महिलाको बिहान ८ बजेतिर मृत्यु भएको छ । उनलाई जेठ ८ गते नोबेलमा भर्ना गरिएको थियो ।
संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुषको बिहानको राति सोढे २ बजे नोबेलमै मृत्यु भएको छ। उनी जेठ ७ गते भर्ना भएका थिए ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ७० वर्षीया वृद्धा महिलाको पनि मंगलबार बिहान ४ बजे मृत्यु भएको हो । उनी जेठ ४ गते नोबेलमा भर्ना भएकी थिइन् ।
त्यस्तै सप्तरीको राजविराज–९ की ७० वर्षीया वृद्धा महिलाको बिहानका राति १२ः१५ बजेतिर मृत्यु भएको छ । उनी जेठ ८ गते भर्ना भएका थिए । सर्लाही बरमपुरी–७ का ३२ वर्षीय पुरुषको सोमबार राति १०ः४० बजेतिर मृत्यु भएको थियो । उनी जेठ ९ गते भर्ना भएका थिए ।
विराट मेडिकल कलेजमा विराटनगर–५ की ५० वर्षीया महिलाको बिहान १० बजेतिर मृत्यु भएको छ । उनी जेठ ४ गते भर्ना भएको अस्पतालका कोभिड इन्चार्ज सुनील देवले बताए । यस्तै सुनसरीको दुहवी नगरपालिका–१ की ६५ वर्षीया वृद्धा महिलाको सोमबार राति ९ बजेतिर मृत्यु भएको थियो ।
कोशी कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ८४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । वैशाख २९ गते भर्ना गरिएका उनको उपचारका क्रममा राति १०ः४५ बजेतिर मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । अस्पतालमा बेलबारी नगरपालिका–७ की ४० वर्षीया महिलाको राति ११ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २९ गते भर्ना गरिएको थियो ।
न्युरो अस्पतालमा विराटनगर–१० का ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २ गते भनाए भएका उनको सोमबार राति साढे ८ बजे मृत्यु भएको हो ।
उता कोरोना संक्रमणबाट सुनसरीको धरानका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । धरान २ का ६५ बर्षीय वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।