आइसोलेसनलाई ३ महिनाका लागि कामधेनुले निःशुल्क दूध दिने

इटहरी । दुग्ध क्षेत्रमा नेपालमा नै अग्रणी मानिएको इटहरी २० स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लि. ले इटहरीको आइसोलेसनलार्इ ३ महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।

इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडि सेवा समिति इटहरी, श्री कृष्ण प्रणामि मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मन्चको सहकार्यमा सन्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो ।

सोमबार संस्थाका निमित्त व्यवस्थापन निर्देशक पर्शुराम कार्की (मनोज) सहितको टोलीले कोभिड व्यवस्थापन समितिका सदस्य एवं प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीसहितका पदाधिकारीसँग प्रतिबद्धता पत्र सहित सम्झौता गरेका हुन् ।

कामधेनुका निमित्त व्यवस्पापन निर्देशक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी रहेको बताएका छन् ।

यसैगरी इटहरीमा रहेको तमोर डेरि उद्योगले पनि आइसोलेसनलार्इ पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सञ्चालन तथा मूल व्यवस्थापन समिति संयोजक भीम पौडेलसँग उक्त डेरि उद्योगका अध्यक्ष प्रदिप अधिकारीले सम्झौता गरेका छन् ।

पहिलो चरणमा जम्मा ८० बेडमा सञ्चालन हुने तयारीमा रहेको आइसोलेसन निर्माणको सम्पूर्ण तयारी सकिएको र सुरक्षा प्रबन्धसमेत मिलाइएको मुल समिति संयोजक पौडेलले बताए । निःशुल्क बस्ने, खानेदेखि लिएर आइसोलेसनमा खेलकुदका सामग्रीहरु, फ्री इन्टरनेट सेवासहित योगा गर्नेसम्म स्थानको प्रबन्ध मिलाउन लागेको मारवाडि सेवा समिति इटहरीका अध्यक्ष एवं मूल व्यवस्थापन समितिका सदस्य मुकेश अग्रवालले बताए ।

सोमबार, १० जेठ, २०७८, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर