कोरोनाका कारण ज्यान नगुमाउने प्रदेश १ का भाग्यमानी ४ जिल्ला

विराटनगर । प्रदेश १ मा आजसम्ममा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ सय ६० पुगेको छ । तर, अझैसम्म कोरोना संक्रमणकै कारण ज्यान नगुमाउने प्रदेशका ४ जिल्ला रहेका छन् । ति भाग्यमानी जिल्लाहरुमा भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा रहेका छन् ।

ति जिल्लामा संक्रमणको दर अत्यन्तै कम रहेको छ । भोजपुरमा हालसम्म जम्मा संक्रमितको संख्या ४६ महिला र १५५ जना पुरुष, सोलुखुम्बुमा ३५ महिला र ६३ पुरुष, खोटाङमा ७५ महिला र १७० पुरुष र ओखलढुंगामा १० महिला र ५४ जना पुरुष रहेका छन् । यसबाहेक कम मानवीय क्षति हुने जिल्लामा पाँचथरमा २ जनाको मृत्यु भएको छ भने संखुवासभामा ३ र ताप्लेजुङ र तेह्रथुममा ५÷५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यसबाहेकका जिल्लाहरुमा मृतकको संख्या दोहोरो अंक माथि छ । हालसम्म मोरङमा २२८, झापामा १८७, सुनसरीमा २०१, धनकुटामा १५, उदयपुर र इलाममा १४÷१४ र अन्य जिल्ला नखुलेका ८६ जना रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ मा आज मात्रै कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको हो । आज झापामा ७, मोरङमा १, सुनसरीका ३, इलामका १ र अन्य २ जना गरी १४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, ०९ जेठ, २०७८, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर