विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट सबैभन्दा बढी मोरङ प्रभावित भएको छ । आजसम्मको तथ्यांक अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६४ पुगेको छ ।
त्यसमध्ये मोरङमा मात्रै १४ जिल्लामै सबैभन्दा बढी २१ हजार ९ सय ३४ छ । मोरङ पछि कोरोना संक्रमण सुनसरीमा देखिएको छ । सुनसरीमा १२ हजार ५ सय ११ जना संक्रमित भएका छन् । यस्तै झापामा ९ हजार १ सय ७७, इलाममा ८३३, उदयपुरमा ८०३, संखुवासभामा ६७८, धनकुटामा ६६०, ताप्लेजुङमा ५ सय ८९, तेह्रथुममा ३०२, पाँचथरमा २५१, खोटाङमा २४२, भोजपुरमा २००, सोलुखुम्बुमा ९८ र ओखलढुंगामा ६४ जना संक्रमित फेला परेका छन् । यस्तै जिल्ला नखुलेका प्रदेश १ का अन्य २ हजार १ सय २६ जना पनि संक्रमित भएका छन् ।
यसैगरी प्रदेश १ मा हालसम्ममा ७ सय ४६ जनाको मृत्यु भएको छ । मृतकको संख्या पनि मोरङमा सबैभन्दा बढी छ । मोरङमा २२७, सुनसरीमा १९८, झापामा १८०, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, संखुवासभामा ३, तेह्रथुम र ताप्लेजुङमा ५/५ र पाँचथरमा २ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्ला नखुलेका तर प्रदेश १ मा मृत्यु भएका अन्य ८४ जना रहेका छन् ।