विहेपछि फैलिएको कोरोनाले बेहुला र आमाको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिकापा–४ मा विवाहपछि फैलिएको कोरोना संक्रमणको कारण बेहुला र उनकी आमाको मृत्यु भएको छ ।

गत वैशाख १५ गते विवाह गरेका गौरादह ४ का खाङ्टाका ३० वर्षीय ताजपुरिया थरका बेहुलाको शुक्रबार राति कोशी कोभिड उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

विवाहपछि बेहुला र बेहुलीसहित परिवारका सबैजना विरामी भएपछि कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण बेहुलाकी ५० वर्षीया आमाको वैशाख २३ गते निधन भएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले दिएको जानकारी अनुसार विवाहपछि ५ जनाको परिवारमै कोरोना संक्रमण देखिएको थियो । संक्रमणपछि गम्भीर विरामी बनेकी उनकी आमाको पनि उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन् ।

आमाको निधन भएको भोलिपल्ट अवस्था स्वास्थ्य अवस्था विग्रदै गएपछि बेहुलालाई पनि कोशी कोभिड उपचार केन्द्रमा वैशाख २४ गते भर्ना गरिएको थियो । बेहुलीको पनि कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

विवाह कार्यमा असवाधानी हुँदा परिवारमा संक्रमण सरेको बताइएको छ । गौरादहमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। गौरादहमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४७ पुगेको जनाइएको छ ।

शनिबार, ०८ जेठ, २०७८, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर