विराटनगर । विराटनगरमा नेपाल कै प्रख्यात नेपमेड्स अनलाइन फर्मासी संचालनमा आएपछि घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ।
कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको हो ।
दैनिक बिराटनगर लगायत इटहरी , रंगेली, इनरुवासम्म अनलाइन मार्फतबाट औषधिको अर्डर गर्नेको संख्या बढ्दै गएको हो।
नेपमेड्सबाट अनलाइन औषधि अर्डर गरेर घर मै ल्याइदिने सेवा सुचारु भएपछी समयको बचत भएको तथा कोरोनाको त्रासबाट मुक्त भएको नेपमेड्स प्रयोगकर्ताको अनुभव छ । हरेक औषधि सजिलै घरमै बसेर पाइने हुनाले नेपमेड्स पुर्वमा प्रभावकारी हुँदै आएको छ ।
विराटनगर लगायतका पूर्वका विभिन्न शहरमा नेपमेड्सका अनलाइन औषधि लगायतको सामग्री खरिद गर्ने ग्राहकको संख्या बढेको संचालकको दाबी छ ।
नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुबिधा सहित संचालनमा आएको हो । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने नेपमेड्सका संचालक विवेक दाहालले जानकरी दिए ।
१० हजार भन्दा बढी औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । आफ्नो मोबाइलको एप स्टोर तथा प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट nepmeds.com.np बाट लिन सकिन्छ । नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको तथा अन्य स्वास्थ्य सामग्रीहरुमा २५% सम्मको छुट प्रदान गर्दै आएको छ ।