पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार आपतकालीन राहतकोषमा सहयोग गर्न आव्हान गरेको छ ।
बढ्दो कोरोना भाईरसको माहामारीले पत्रकारहरु प्रभावित भइरुहेकोले रोकथाम तथा उपचारका लागि सहयोगको आवश्यकता महशुस गरेर सार्वजनिक आव्हान बहान गर्नुपरेको अध्यक्ष गिरीराज बास्कोटाले बताए । हाल पाँचथरमा चार जना पत्रकार कोरोनाबाट सङ्क्रिमत भएका छन् । जसमा दुई जना होम आइसोलेसनमा र एक जना झापाको बिर्तासिटी अस्पतालको भेन्टिलेटरमा रहेका छ्न् । एक जना भने उपचारपछि स्वास्थ्य लाभ गरेर फर्किएका छन् ।
कोरोना विरुद्धको खोप, पिसिआर, एन्टिजिन परीक्षण सहज बनाउन, स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन तथा संक्रमित पत्रकारको निःशुल्क उपचार लगायतको उचित प्रवन्ध मिलाउनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई कोषमा रकम जम्मा गरिदिन आव्हान गरिएको छ ।
२०७७ सालमा स्थापना गरिएको आपतकालीन कोषलाई सक्रिय बनाइ प्रभु बैंक फिदिम शाखाको खाता नम्बर १२५०१५०७५९५०००४२ अन्तर्गत ‘नेपाल पत्रकार महासंघ आपतकालीन राहतकोष’ को नाम जम्मा गर्ने माहासघले सुवेच्छुक सस्था, स्थानीय निकाय , तथा देश तथा बवदेशी माहानुभाव हरुलाई आव्हान गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।