विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बरबहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् ।
शनिबार राति १० बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रालगायतका पदार्थहरुसहित नियन्त्रणमा लिएको थियो । बिकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाउपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।