डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोग आवश्यक

काठमाडौं । तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओले नेपाललगायत दक्षिण एसियाली मुलुकमा संक्रमणको दर अत्याधिक भएको भन्दै तत्काल सहयोगको आवश्यकता रहेकोमा जोड दिएको हो ।

जेनेभामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले भारत मात्रै नभएर दक्षिण एसियाका अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन्,’ एडहानोमले भनेका छन् ।

नेपालमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बताउँदै उनले गत हप्तादेखि खोप उत्पादक र नेताले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई खुशी लागेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

शनिबार, ०१ जेठ, २०७८, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर