सुवर्ण पोखरेल
लामो समयदेखि कोरिया जाने सपना देखेर कोरियन भाषा पास गरेर बसेका नेपाली युवाहरु मारमा परेका छन् । यो विषयमा न त इपिएस कार्यालयले चासो दियको छ न त सरकारे नै 丨कति युवाहरु डिप्रेसनको शिकार भए भने कतिले कोरिया जाने सपना छाडेर खाडीको यात्रा तय गरिसकेका छन् 丨भन्छन्, सरकार आफ्नै जोडाघटाउमा ब्यस्त छ हाम्रो पीडा कसले बुझिदिने ?साँच्चै सरकार यो विषयमा पुरै बेखबर छ । युवाहरुको यो समस्यालाई लिएर केहि सामाजिक अभियान्ताले इपिएस कार्यालयमा गरेर आवाज उठाइदिएका पनि हुन् साथै श्रम मन्त्रालयको ढोका पनि नघचघचाएका होइनन । तर, पनि सरकार कानमा तेल हालेर बस्यो । कोरोनालाई दोष दिएर आफू बच्न खोज्यो । कोरोनाकै समयममा पनि विद्यार्थी भिषामा जाने युवाहरुलाई जान दिइयो तर कामदार भिसामा जानेहरु जान पाएनन्丨छुट्टीमा आएकाहरु नेपाल बस्न बाध्य भए 丨के राज्यले नागरिक माथि गर्ने व्यवहार यहि हो ?
अहिले पनि समय समयमा कम्बोडिया र भियतनामबाट कोरियाले कामदारहरु लागिरहेको छ । नेपालबाट चाहि कामदार नलैजानुको मुख्य कारण नेपाल सरकारले कुटनैतिक पहल गर्न नसक्नु हो । अर्को कारण नेपालबाट पिसिआर गरेर गएका नेपालीमा पनि कोरिया पुगेपछि कोरोना पोजेटिभ देखिनु रहेको छ丨यसमा पनि दोष राज्यकै छ丨कोरियाले लकडाउन नगरी कोरोनाकै समयमा पनि चुनाव गराई दियो तर नेपालले भने पिसिआरको रिपोर्टसम्म सहि दिन सक्दैन । कोरिया अहिले पनि खुल्ला छ । उसले कहिल्यै लकडाउन गरेन । लकडाउन या निशेधाज्ञा नै कोरोना नियन्त्रणको उपाए होइन । देश खुला गरेर तथा भीड नियन्त्रणका उपाए अपनाएर पनि कोरोनाको प्रकोपबाट बच्न सकिन्छ भन्ने सन्देश उसले संसारलाई दिएको छ丨यसबाट पनि हाम्रो देशका शाषकले केहि सिक्न जरुरी छ । बर्सेनि आउने यस्ता प्रकोपमा देश बन्द गरेर आनन्दले बस्न सुहाउँदैन丨देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारीलाई सहज बनाउन नेपाल खुल्ला राख्नु पर्छ丨जनता रोगले भन्दा भोकले मरिरहेका छन्丨खाना, नाना र छाना अहिलेको आवश्यकता हो丨कुनै समय कोरियाका जनता भोकमारीमा परेर खान नपाउँदा नेपालले पठाएको गहुँ र चामल खाएर बाँचेका कोरियनहरु अझै जिवितै छन्丨यस्तो गौरबशाली इतिहास बोकेको देशका जनता एकछाक खान र कमाउनको लागि विदेश जान नपाउनु कहाँसम्मको बिडम्बना हो ?
आजभन्दा दश वर्ष अगाडिसम्म पनि कोरियनहरुको नजरमा हामी राम्रै देशका नागरिक थियौ丨उनीहरु आफ्ना छोराछोरीलाई भन्ने गर्थे नेपालीहरु धनि हुन्छन्, उनीहरु घुम्नलाई कोरिया आउँछन्, दानी हुन्छन्, गरिब देशलाई सहयोग गर्छन्丨तर केहि वर्ष यता कोरियनहरुले नेपालको राजनीतिलाई राम्ररी बुझे र भन्ने गर्छन् नेपालको सरकार भ्रस्ट छ, त्यो देशमा काम गर्ने वातावरण छैन र यिनीहरु काम गर्नलाई कोरिया आउँछन्丨सुन्दा तीतो लागेपनि यो अहिलेको यथार्थ हो । यहाँसम्म की नेपालमा पैसा तिरेपछि पिसिआर रिपोर्ट नेगेटिभ बन्छ, पिसिआर टेष्ट गरिरहनु पर्दैन丨
अन्तराष्ट्रियस्तरमा यस किसिमको छवि भएपछि नेपाली युवालाई कोरियाले कामदारको रुपमा लौजाने सम्भावना एकदमै न्यून रहेको देखिन्छ丨तसर्थ नेपाल सरकारले आफ्नो छवि सुधारेर कोरियन भाषा पास भएका युवालाई यथाशीघ्र कोरिया पठाउने वातावरण तयार पार्नु आवश्यक छ ।