गण्डकीमा पुनः पृथ्वी सुब्बा गुरुङद्वारा मुख्यमन्त्रीमा सपथ

काठमाडौं । ४ दिन अगाडि राजिनामा दिएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्रीको रुपमा सपथ लिन सफल भएका छन् ।

गुरुङको राजिनामा पछि विपक्षी गठबन्धलाई बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनको समयसीमा दिएकी थिइन् । उक्त समयावधिमा विपक्षी गठनबन्धनले नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेश प्रमुखसँग बहुमत रहेको दाबी पेश गरेका थिए । यद्यपि उक्त दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले आजै साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा पुनः विश्वासको मत लिनुपर्नेछ । ६० सदस्यीय प्रदेशसभा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नका लागि बहुमत अर्थात् ३१ सांसदको समर्थन लिनु आवश्यक छ ।

बुधबार, २९ बैशाख, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर