विराटनगर । कोरोना महामारीको चेनबे्रक्र गर्न जारी निषेधाज्ञा अवधिभर मोरङमा खाना पकाउने ग्यासको अभाव नहुने एल.पी ग्यास बिक्रेता संघले जनाएको छ ।

शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै संघले डिपो तथा डिलरहरुमा ग्यासको पर्याप्त मौज्दात रहेकाले ग्यास अभावको परिस्थिति सिर्जना नहुने जनाएको हो । संघले एल.पि ग्यास बिक्रेता र नेपाल आयल निगमसँग नजिकबाट समन्वय गर्दै आईरहेकाले ग्यासको आपुर्तिमा कुनै बाधा नआउने संघका मोरङ जिल्ला अध्यक्ष गणेश शाहले बताए । उनले आयातमा पनि कुनै समस्या नरहेकाले जिल्लाभरिको आपुर्तिमा पनि कुनै कठिनाई नहुने दाबी गरे ।

मोरङ जिल्लामा भने कोशी, सुविधा, रिजालको, प्रिमा, पाथिभरा, कामख्या, त्रिशक्ति, मेची र कन्काई लगायतका ग्यास बिक्री गर्ने ४ सय ५० बढी बिक्रेताहरु रहेका छन् । विराटनगरमा मात्रै ७० बढी ग्यास डिलरहरु रहको संघले जनाएको छ । मोरङमा भने कुल जनसंख्याको ९५ प्रतिशतले ग्यास उपभोग गर्ने गरेको संघको तथ्यांक छ ।