चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि हुने मतदान प्रक्रियामा ढिलाइ भएको छ। ९९ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुने कार्यतालिका रहे पनि मतदान भने अपराह्न वा साँझपख मात्र सुरु हुने देखिएको छ।
चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन बाट मतदान गर्ने तयारी गरिएको छ। तर, प्राविधिक र व्यवस्थापकीय कारणले गर्दा मतदान प्रक्रिया समयमै सुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार, अहिलेसम्म सबै प्रतिनिधिहरूको नाम प्रणालीमा प्रविष्ट (इन्ट्री) भइसकेको छैन। साथै, ९९ पदका लागि ४०० भन्दा बढीले उम्मेदवारी दिएका कारण उम्मेदवारको व्यवस्थापनमा समेत समय लागेको हो।
‘उम्मेदवारको संख्या धेरै छ, त्यसैले दाबी–विरोध र उम्मेदवारी फिर्ता लिने लगायतका प्रक्रियाहरू बाँकी नै छन्,’सापकोटालेभने ‘हामीले सुरुमा उम्मेदवारको प्रारम्भिक सूची निकाल्छौँ, त्यसपछि दाबी–विरोधको सूचना प्रकाशित हुन्छ र अन्तिम नामावली प्रकाशन भएपछि मात्र मतदान सुरु हुनेछ।’
निर्वाचन आयोगका अनुसार यी सबै कानुनी र प्राविधिक प्रक्रियाहरू पूरा गर्दा दिनभरि लाग्ने देखिएको छ। रास्वपाले पहिलो पटक आफ्नो नेतृत्व चयनका लागि लोकतान्त्रिक अभ्यास गर्दै विद्युतीय माध्यमबाट मतदान गर्न लागेको हो। ४०० भन्दा बढी आकांक्षीहरू चुनावी मैदानमा उत्रिएपछि महाधिवेशन स्थलमा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारको अन्तिम नामावली कुरेर बसेका प्रतिनिधिहरू मतदानको पर्खाइमा छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।