राजस्व संकलनमा छैन निषेधाज्ञाको प्रभाव

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले निषेधाज्ञाको समयमा सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिने कार्यलाई स्थगित गरेपनि त्यसबाट राजश्व संकलनमा खास प्रभाव नपरेको जनाएको छ ।

कर सम्बन्धी अधिकांश विवरण सेवाग्राहीले अननलाइन मार्फत पठाउन सकिने र बैंक मार्फत राजश्व भुक्तानी गर्ने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि नियमित झैं राजश्व संकलन भइरहेको कार्यालयले जनाएको छ ।

सेवाग्राहीले मूल्य अभिवृद्धि कर (भ्याट)को विवरण अनलाइन मार्फत नै बुझाउने गरेका छन् । त्यसको भेरिफाई गर्न सेवाग्राही कार्यालयमा उपस्थित भइरहन नपर्ने भन्दै कार्यालयका प्रमुख दीलिप सापकोटाले इमेल वा टेलिफोन मार्फत सेवाग्राहीले विवरण भेरिफाई गराउन सक्ने बताए । ‘मूल्य अभिवृद्धि करको विवरण भर्न नजान्ने सेवाग्राही करिव छैनन्, अन्तशूल्क तर्फको विवरण भेरिफाई भने सेवाग्राहीले गर्न सक्दैनन्,’ प्रमुख सापकोटाले भने ‘हामीले इमेल वा टेलिफोन मार्फत विवरण भेरिफाई गर्ने प्रवन्ध मिलाएका छौं ।’

विराटनगरमा वैशाख १८ गतेदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा आन्तरिक राजश्व कार्यालयले सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिन बन्द गरेपनि भ्याटका नयाँ ग्राहकहरुलाई विवरण भर्न र भेरिफाई गर्न समस्या भए कर्मचारीहरुले समन्वय गरेर सेवा दिइरहेको छ । निषेधाज्ञाको सुरुवाति अवस्था भएकोले अहिलेसम्म राजश्व असुली तर्फ त्यसको नकारात्मक प्रभाव नपरेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

मङ्गलबार, २१ बैशाख, २०७८, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर