लोड हुँदैछ...

मेनु

एमालेको बुद्धिजीवि संगठन मोरङमा पनि समानान्तर कमिटी

एमालेको बुद्धिजीवि संगठन मोरङमा पनि समानान्तर कमिटी

विराटनगर। नेकपा एमालेको आन्तरिक विवादका कारण जनवर्गीय संगठनहरुमा पनि समानान्तर कमिटीहरु गठन गर्ने क्रम बिस्तार हुँदै गएको छ । कोरोना महामारीकै बीच शनिबार विराटनगरमा नेपाल बुद्धिजीवि परिषद्को जिल्ला भेला आयोजना गरी समानान्तर कमिटी गठन गरिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बुद्धिजीविहरुको भेलाले प्राध्यापक भोजराज श्रेष्ठको अध्यक्षतामा नेपाल बुद्धिजीवि परिषद्को ९१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । नवगठित जिल्ला कमिटीमा नेपाल पत्रकार महासंघ मोरङका निवर्तमान अध्यक्ष बन्धु पोखरेल उपाध्यक्ष बनेका छन् भने कानून व्यवसायी कोषराज न्यौपाने सचिव छन् । भेलाले सहसचिवमा प्राध्यक्षपक देवी पन्थीलाई र कोषाध्यक्षमा मिथिलेश मिश्रालार्य चयन गरेको परिषद्का केन्द्रीय सदस्य डा. उद्धव पोखरेलले जानकारी दिए ।

जिल्ला भेलाले प्राध्यापक कृष्ण पोखरेलको संयोजकत्वमामा १५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । प्राध्यापक डा. खगेन्द्र आचार्य, मााधव भट्टराई, टेकेन्द्र पोमु, लक्ष्मी श्रेष्ठ, उमेश न्यौपाने लगायतका अग्रज बुद्धिजीविहरु सल्लाकार समितिमा रहेका छन् ।

नेकपा एमालेका प्रदेश १ का इन्चार्ज भीम अचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाको अध्यक्षता परिषद्का केन्द्रीय सदस्य डा. उद्दव पोखरेलको अध्यक्षता र पूर्व जिल्ला उपाध्यक्ष हिक्मतबहादुर वस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु घनेन्द्र बस्नेत, जीवन घिमिरे, महेश रेग्मी तथा संविधान सभा सदस्य मिना यादव लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।